आगामी आर्थिक वर्षको बजेट १६ खर्ब ४७ अर्ब ५७ करोड « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आगामी आर्थिक वर्षको बजेट १६ खर्ब ४७ अर्ब ५७ करोड


१५ जेष्ठ २०७८, शनिबार


काठमाडौँ । सरकारले आर्थिक वर्ष २०७८–०७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट घोषणा गरेको छ।

कुल विनियोजनमध्ये सङ्घले खर्च गर्ने चालुतर्फ ६ रु खर्ब ७८ अर्ब ६१ करोड रहेको छ भने पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब २६ करोड रहेको छ।

यस्तै वित्तीय व्यवस्थातर्फ रु २ खर्ब ७ अर्ब ९७ करोड विनियोजन गरिएको छ । प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ रु ३ खर्ब ८६ अर्ब ७१ करोड विनियोजन गरिएको अर्थमन्त्री विष्णु प्रसाद पौडेलले जानकारी दिए ।

गत वर्षको बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस