खानेपानी सचिव बेलवासेको अनिवार्य अवकाश « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

खानेपानी सचिव बेलवासेको अनिवार्य अवकाश


१४ जेष्ठ २०७८, शुक्रबार


काठमाडौँ । खानेपानी मन्त्रालयका सचिव माधव बेलवासेले निजामती सेवाबाट अनिवार्य अवकाश भएका छन् ।

जेठ १३ गतेसम्म ३३ वर्ष ३ महिना २० दिन सेवा गरेका सचिव बेलवासे खानेपानी मन्त्रालयबाट बिदा भएका हुन् । उनले करिब २१ महिना खानेपानी मन्त्रालयमा काम गरे ।

केही समय अघि मात्रै सरकारले बेलवासेलाई लोक सेवा आयोगको सदस्यमा सिफारिस गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस