सुदूरपश्चिम सरकारका तीन मन्त्रीले दिए राजीनामा, पाँच जना मन्त्री नियुक्त « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सुदूरपश्चिम सरकारका तीन मन्त्रीले दिए राजीनामा, पाँच जना मन्त्री नियुक्त


१४ जेष्ठ २०७८, शुक्रबार


धनगढी । सरकारमा सहभागी एमालेका तीन जना मन्त्रीले राजीनामा दिएका छन् । उनीहरुले राजीनामा दिए लगत्तै चार जना मन्त्री नियुक्त भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली पक्ष मात्र रहेको स्थायी कमिटीले प्रदेश सरकारलाई समर्थन फिर्ता लिन निर्देशन दिएपनि प्रदेशसभा संसदीय दलले समर्थन कायमै राख्ने निर्णय गरेको थियो ।

उक्त बिषयलाई लिएर विवाद भइरहेका बेला सरकारमा भएका तीन मन्त्रीले शुक्रबार (आज) दिउँसो राजीनामा दिएका हुन् । आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाह, सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले पनि राजीनामा दिएका छन् ।

राजीनामा लगत्तै एमालेबाट चार र माओवादी केन्द्रबाट एक मन्त्री नियुक्त भइसकेका छन् । मन्त्रीमा दोहोरिएका शाहले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

त्यस्तै आन्तरिक मामिलामा पूर्णा जोशी, भौतिक पूर्वाधारमा दीर्घ सोडारी, सामाजिक विकास मन्त्रालयमा लालबहादुर खड्का र पर्यटनमन्त्रीमा माओवादी केन्द्रका मानबहादुर धामीलाई जीम्मेवारी दिइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस