राष्ट्रियसभाध्यक्षसमक्ष डा. देवकोटाबाट शपथ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रियसभाध्यक्षसमक्ष डा. देवकोटाबाट शपथ


१४ जेष्ठ २०७८, शुक्रबार


काठमाडौँ । राष्ट्रियसभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमक्ष राष्ट्रियसभाका नवनिर्वाचित सदस्य डा. खिमलाल देवकोटाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा आज आयोजित कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले उनलाई सङ्घीय सांसद्को प्रतीक चिह्नसमेत प्रदान गरे ।

समारोहमा राष्ट्रियसभा उपाध्यक्ष शशीकला दाहाल र संसद् सचिवालयका महासचिव डा. भरत गौतमलगायतले उहाँको स्वागत गर्दै कार्यकालको सफलताका लागि शुभकामना व्यक्त गरे । वाग्मती प्रदेशमा यही जेठ ६ गते सम्पन्न राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारका रुपमा उनी निर्वाचित भएका थिए ।

तत्कालीन गृहमन्त्री एवं नेकपा (एमाले)का उम्मेदवार रामबहादुर थापालाई पराजित गर्दै पाँच हजार ८८ मतभार प्राप्त गरी सङ्घीयताविद् डा. देवकोटा राष्ट्रियसभा सदस्यमा विजयी भएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस