डिएसपीले औषधि पसलका कर्मचारीलाई कुटेको भिडियो भाइरल « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

डिएसपीले औषधि पसलका कर्मचारीलाई कुटेको भिडियो भाइरल


१३ जेष्ठ २०७८, बिहिबार


वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी प्रह्लाद केसीले वीरगन्जस्थित एक औषधि पसलमा काम गर्ने मेडिकल कर्मचारीलाई कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

भिडियोमा डिएसपी केसीले औषधि पसलभित्रै पसेर कर्मचारीलाई मुक्का, लात्ती र लट्ठीले कुटेको देखिएको छ।

भिडियोमा प्रहरीले कुटपिट गरेको प्रति आक्रोश जनाउँदै फेसबुक प्रयोगकर्ताले पर्सा प्रहरीको चर्को आलोचना गरिरहेका छन् ।

प्रहरीले देशै भरि चलाएको ‘प्रहरी मेरो साथी’ नारा मात्रै सीमित रहेको फेसबुक प्रयोगकर्ताको आरोप लगाउँदै कुटपिट गर्ने डिएसपी केसीलाई कारबाहीको माग पनि गरेका छन् ।

बुधवार साँझदेखि सामाजिक सञ्जाल फेसबुकमा भाइरल भएको एक मिनेट १२ सेकेन्डको भिडियो सिसिटिभीमा कैद भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस