कीर्तिपुर र चन्द्रागिरीमा बर्डफ्लु संक्रमण पुष्टि, ८ सय संक्रमित पन्छी नष्ट गरिदै « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

कीर्तिपुर र चन्द्रागिरीमा बर्डफ्लु संक्रमण पुष्टि, ८ सय संक्रमित पन्छी नष्ट गरिदै


१२ जेष्ठ २०७८, बुधबार


काठमाडौँ। काठमाडौँ उपत्यकाका केही स्थानमा पालिएको पन्छीमा बर्डफ्लु संक्रमण पुष्टि भएको छ । काठमाडौँको किर्तिपुरस्थिति दुई ठाउँ र चन्द्रागिरीमा पालिएको टर्कीमा बर्डफ्लु संक्रमण पुष्टि भएको पशु सेवा विभागले जनाएको छ ।

कीर्तिपुरको दुई वटा प्वाइन्ट र चन्द्रागिरीको एक ठाउँमा सोमबार बर्डफ्लु संक्रमण पुष्टि पछि त्यस क्षेत्रका पन्छी नष्ट गर्न टोली खटाइएको विभागका सूचना अधिकारी डा. चन्द्र ढकालले बताए ।

प्रारम्भिक रुपमा करिब ८ सय टर्की नष्ट गर्न र सो क्षेत्र निसंक्रमण गर्न बुधबार बिहानैदेखि प्राविधिक खटिएको सूचना अधिकारी ढकालले जानकारी दिए । अस्वभाविक रुपमा टर्की मृत्युको सूचना पछि विभागले नमूना संकलन गरेर केन्द्रीय प्रयोगशालामा रियलटाइम पीसीआर विधिबाट गरेको परिक्षण बर्डफ्लु पुष्टि भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस