एमालेद्वारा सुदूरपश्चिम प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

एमालेद्वारा सुदूरपश्चिम प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ता


१० जेष्ठ २०७८, सोमबार


काठमाडौँ। नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

आज (सोमबार) बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरी मन्त्रीहरुलाई सरकारबाट फिर्ता आउन निर्देशन दिएको नेता छविलाल विश्वकर्माले जानकारी दिए ।

सुदूरपश्चिममा नेकपा एमालेको समर्थनमा नेकपा माओवादी केन्द्र नेतृत्वको सरकार छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस