गेटामा कोरोना केयर सेन्टर सुरु « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

गेटामा कोरोना केयर सेन्टर सुरु


१० जेष्ठ २०७८, सोमबार


धनगढी । कोरोना सङ्क्रमितले अस्पतालमा श्यया नपाइरहेका अवस्थामा कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेजको भवनमा कोरोना केयर सेन्टर सञ्चालनमा आएको छ ।

नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोनाका कारण कैलालीमा निकै जोखिम बढ्नुका साथै अस्पतालमा समेत स्थान अभावको समस्या भएको हुँदा कोरोना केयर सेन्टर आइतबारदेखि सञ्चालनमा ल्याइएको गोदावरी नगरपालिकाका प्रवक्ता शर्मानन्द भट्टले जानकारी दिए ।

यसअघि पाँच सय श्ययाको आइसोलेशन बनाउने गरी तयारी गरिए पनि विविध कारणले हाल ५० श्ययाको कोरोना केयर सेन्टर तयार गरिएको भट्टले जानकारी दिए।

निवर्तमान उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको अगुवाइमा जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)मातहत रहने गरी सुदूरपश्चिम प्रदेश सरकार, धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिकाको सहकार्यमा सो केयर सेन्टर सञ्चालनमा आएको हो ।

एक महिनादेखि निर्माणको प्रक्रियामा रहेको आइसोलेसन यसअघि अक्सिजन ग्यास र जनशक्ति व्यवस्थापन नहुँदा सेवा सुरुवात गर्नमा ढिलाइ भइरहेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस