२४ घण्टामा ७,९१४ जना संक्रमण, १९३ जनाको मृत्यु « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

२४ घण्टामा ७,९१४ जना संक्रमण, १९३ जनाको मृत्यु


प्रशासन संवाददाता

९ जेष्ठ २०७८, आइतबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा ७ हजार ९१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १९३ मृत्यु भएको छ ।

देशभरका प्रयोगशालामा १८ हजार ९६५ पीसीआर टेष्ट गर्दा ७ हजार ५९८ र ९३१ एन्टिजेन टेष्ट गर्दा ३१६ जना संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमितमध्ये २,८२१ काठमाडौँ उपत्यकाका रहेका छन् । जसमा काठमाडौँका १७८१, ललितपुरका ६९४ र भक्तपुरका ३६६ जना छन् ।

पछिल्लो २४ घण्टामा ७,६६४ जना संक्रमण मुक्त भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस