विपक्षी गठबन्धनको संसदीय दलको बैठक बस्दै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

विपक्षी गठबन्धनको संसदीय दलको बैठक बस्दै


९ जेष्ठ २०७८, आइतबार


काठमाडौँ । विपक्षी गठबन्धनको संसदीय दलको बैठक बस्ने भएको छ । आज बिहान ११ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको संसदीय दलको बैठक लागेको हो ।

शनिवार बसेको विपक्षी गठबन्धनको बैठकले आइतबार संसद् विघटनविरुद्ध १४९ सांसदको हस्ताक्षरसहित सर्वोच्च अदालत जाने निर्णय गरेको थियो । अदालत जानुअघि उनीहले संसदीय दलको बैठक बोलाएका हुन् ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेपछि विपक्षीले सर्वोच्च जाने निर्णय गरेको हो । यसैगरी विपक्षी गठबन्धनको पाँच दलको बैठकले राजनीतिक र कानुनी लडाइँ लड्ने निष्कर्ष निकालेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस