विराटनगरबाट स्रोत नखुलेको २२ लाख नगदसहित ३ जना पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

विराटनगरबाट स्रोत नखुलेको २२ लाख नगदसहित ३ जना पक्राउ


६ जेष्ठ २०७८, बिहिबार


विराटनगर । विराटनगरबाट स्रोत नखुलेको रकमसहित प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । आज (बिहीबार) दिउँसो विराटनगरबाट २२ लाख ८ हजार रुपैयाँसहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१३ का २५ वर्षीय श्रवण साह, रङ्गेली नगरपालिका–१ बबियाविर्ताकी २५ वर्षीया जिज्ञासा चौधरी र विराटनगर–१३ का ३३ वर्षीय अमृतकुमार साह सुडी छन् ।

बिहीबार विराटनगर महानगरपालिका–११ रोडशेष चोकमा २५ वर्षीय साहले बोकेको झोलाबाट २१ लाख ७१ हजार पाँच सय र उनीसँगै रहेकी चौधरीको साथबाट २३ हजार भारतीय रुपैयाँ बरामद भएको हो ।

मोटरसाइकलमा रहेका उनीहरुलाई रोडशेष चोकमा चेकजाँच गर्ने क्रममा रकम भेटिएपछि प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका साह र चौधरीको बयानपछि प्रहरीले अमृतलाई घरबाटै पक्राउ गरेको हो ।

अमृतको घरमा खानतलासी गर्दा मोबाइल, नगद भौचर, डिपोजिट रसिदसमेत बरामद भएको डीएसपी राईले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस