२४ घण्टामा ९,२४७ जनामा संक्रमण, २१४ जनाको मृत्यु, « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

२४ घण्टामा ९,२४७ जनामा संक्रमण, २१४ जनाको मृत्यु,


३ जेष्ठ २०७८, सोमबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा ९,२४७ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणका कारण एकै दिन २१४ जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या ५,२१५ पुगेको छ ।

२१ हजार ६५३ पीसीआर परीक्षणमा ९१९८ जना र ४३४ एन्टिजेन परीक्षणमा ४९ जना गरी ९,२४७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा संक्रमितको कुल संख्या ४ लख ६४ हजार २१८ पुगेको छ । जसमध्ये सक्रिय संक्रमितको संख्या एक लाख १३ हजार ४८० पुगेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या ५,७६७ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या तीन लाख ५५ हजार २२३ पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस