भ्रष्टाचारमा संलग्नहरूलाई कारबाही गर्न कुनै कसर बाँकी नराख्ने प्रधानमन्त्री ओलीको दाबी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

भ्रष्टाचारमा संलग्नहरूलाई कारबाही गर्न कुनै कसर बाँकी नराख्ने प्रधानमन्त्री ओलीको दाबी


३१ बैशाख २०७८, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारमा संलग्नहरूलाई कारबाही गर्न कुनै कसर बाँकी नराख्ने दाबी गरेका छन्। शुक्रवार प्रधानमन्त्रीको शपथ पछि सिंहदरवारमा पदभार ग्रहण गर्ने क्रममा उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्

‘जन्डिसको बिरामी जस्तो जता पनि पहेँलो देख्ने काम भएको छ’ प्रधानमन्त्री ओलीले भने ‘भ्रष्टाचार भयो भनेर हल्ला गर्ने, भ्रम छर्ने र गलत प्रचार गर्नुका साथै हतोत्साहित गर्ने प्रवृत्ति भएको छ। कहिपनि यस्तो वेलामा भ्रष्टाचार उपकरण र ओैषधि वा अन्यमा भ्रष्टाचार तथा अनुचित लाभ लिन्छ भने सरकारले कडाइका साथ कारबाही गर्छ।’

उनले अनियमितताको कुरालाई रोक्न सबैलाई आग्रह पनि गरे । ‘यसमा जो कोही होस् अनुचित लाभ लिनेलाई रोक्न सबै लाग्नुपर्छ,’ प्रधानमन्त्रीले भने, ‘कडाइका साथ म अगाडि बढ्न चाहन्छु। यो सरकार देश र जनताप्रति पूर्ण वफादारी छ।’ उनले भर्खरै लिएको शपथको अक्षरहरू पालना गर्दै अघि बढ्ने बताए।

‘शपथका शब्दको कार्यान्वयनका निम्तिका सक्रिय प्रयास अघि बढाउने छु’ उनले भने ‘यस कुरामा कर्मचारी संयन्त्रबाट सदा झैँ इमानदारता र सक्रियतापूर्वक काम हुने भन्ने विश्वास गरेको छु।’ उनले आजका चुनौती र भोलिका अभिभारा पूरा गर्ने कुरामा कुनै कसर बाँकी नराखिने बताए।

Tags :
प्रतिक्रिया दिनुहोस