जसपा अध्यक्ष महन्थ बालुवाटारमा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

जसपा अध्यक्ष महन्थ बालुवाटारमा


३० बैशाख २०७८, बिहिबार


काठमाडौँ । जसपा अध्यक्ष महन्थ ठाकुर बालुवाटार पुगेका छन् ।

ओली र माधव नेपालबिच वार्ता चलिरहेको बेलै बालुवाटार छिरेका जसपा अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो बालुवाटारमा प्रधानमन्त्रीसँग नयाँ सरकार गठनका सन्दर्भमा छलफल गर्दै छन् ।

काँग्रेस-माओवादी गठबन्धनले वैकल्पिक सरकार गठनको दाबी नगर्ने भएपछि करिब करिब एमाले अध्यक्ष केपी शर्मा ओली नै प्रधानमन्त्री नियुक्त हुने निश्चित भएको छ ।

ओली हटाउने सन्दर्भमा जसपाको महन्थ ठाकुर पक्ष असहमत हुनु र एमालेको माधव नेपाल पक्षले राजीनामा नदिनुले बहुमत नपुगेसँगै काँग्रेस माओवादी गठबन्धन शीतल निवास जाने कुराबाट ब्याक भएको हो ।

राष्ट्रपतिले दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत दाबी गरेर आउन दिएको समय आज राति नौ बजेबाट सकिँदै छ । त्यसअघि नै काँग्रेस बैठकले वैकल्पिक सरकारको दाबी नगर्ने निर्णय गरिसकेको छ ।

काँग्रेसले प्रधानमन्त्री ओली एमालेको १२१ सिट र जसपाको महन्थ ठाकुर पक्षको समर्थन लिएर बहुमतको प्रधानमन्त्री दाबी गर्न जाने आशङ्का पनि गरेको छ । तर बालुवाटार स्रोतले भने ९ बजेको हेडलाइन सकिएपछि अर्को प्रक्रिया सुरु हुने भन्दै ठुलो दलको हैसियतमा वा जसपासहितको बहुमत दाबी गर्ने हैसियतमा दुवै अवस्थाबाट ओली जान सक्ने बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस