डोटीमा जेठ १५ सम्म निषेधाज्ञा « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

डोटीमा जेठ १५ सम्म निषेधाज्ञा


प्रशासन संवाददाता

३० बैशाख २०७८, बिहिबार


डोटी । डोटीमा जेठ १५ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरिएको छ । बिहीबार बसेको जिल्लाकोभिड–१९  संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले यसअघि वैशाख २१ गतेदेखि ३१ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

जिल्लामा कोरोनाको संक्रमण दिनानुदिन बढिरहेकोले यसको नियन्त्रणका लागि निषेधाज्ञा नै उत्तम विकल्प भएकाले लम्ब्याउने निर्णय गरिएको हो ।

निषेधाज्ञाको बेवास्ता गरी बिना काम बाहिर हिंडडुल नगर्न पनि आग्रह गरिएको छ । निषेधाज्ञालाई डोटीमा कडाइका साथ लागू गरिने भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस