सरकार गठनबारे जसपा शीर्ष नेताहरूको बैठक निष्कर्षविहीन « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

सरकार गठनबारे जसपा शीर्ष नेताहरूको बैठक निष्कर्षविहीन


२९ बैशाख २०७८, बुधबार


काठमाडौँ । वैकल्पिक सरकार गठनबारे छलफल गर्न बसेको जनता समाजवादी पार्टी (जसपा) शीर्ष नेताहरूको बैठक विना निष्कर्ष टुङ्गिएको छ ।

बालकुमारीस्थित पार्टी कार्यालयमा बसेको बैठकमा वैकल्पिक सरकार गठनका विभिन्न विकल्पबारे छलफल थियो ।

संविधानको धारा ७६ को २ अनुसारको वैकल्पिक सरकार निर्माणका लागि दाबी पेस गर्ने भोलि अन्तिम समय भएकोले त्यसैका लागि शीर्ष तहमा अनौपचारिक कुराकानी गरेका थिए । एक नेताका अनुसार भोलिसम्म एकीकृत विचार बनाउने प्रयासमा जसपा रहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गर्न नसकेपछि संविधानको धारा ७६ को उपधारा २ बमोजिम सरकार गठनका राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरूलाई दिएको तीन दिनको समय सीमा बिहीबार सकिँदै छ ।

Tags :
प्रतिक्रिया दिनुहोस