कोरोना सङ्क्रमितको उपचारमा कुनै कमी हुन दिने छैनौँ : नर्भिक हस्पिटल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कोरोना सङ्क्रमितको उपचारमा कुनै कमी हुन दिने छैनौँ : नर्भिक हस्पिटल


२९ बैशाख २०७८, बुधबार


काठमाडौँ । ‘कोभिड अस्पताल’को रूपमा सेवा दिइरहेको नर्भिक अस्पतालले कोरोना सङ्क्रमितको उपचारमा कुनै कमी हुन नदिने बताएको छ । कोभिड–१९ को दोस्रो लहरको तीव्र सङ्क्रमणपछि उत्पन्न जटिल परिस्थितिमा अक्सिजनलगायत उपचारसामाग्री उपलब्ध भएसम्म कोरोनाको स्थिति काबु भन्दा बाहिर जान नदिने प्रतिबद्धता जनाएको छ ।

राज्यको अनुदार नीतिले झन् समस्यालाई बल्झाएको भन्दै तोकिएको कोटाअनुसार अक्सिजन समेत उपलब्ध हुन नसकेको यो अवस्था यसै गरी जारी रहने हो भने अकल्पनीय घटना घटन सक्ने नर्भिक हस्पिटलका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले जारी गरेको विज्ञप्तिमा मानिएको छ ।

‘पछिल्लो अवस्थामा कोभिडको सङ्क्रमण बढेसँगै अस्पतालमा प्राण वायुको रूपमा रहेको अक्सिजनको अभाव चरम बन्दै गएको छ । राज्यको अनुदार नीतिले झन् समस्यालाई बल्झाएको छ र तोकिएको कोटाअनुसार अक्सिजन समेत उपलब्ध हुन सकेको छैन । यो अवस्था यसै गरी जारी रहने हो भने अकल्पनीय घटना घटन सक्ने अनुमान सहजै गर्न सकिन्छ’, निर्देशक सिंहले भने ।

नेपाल सरकारका सम्बद्ध निकायहरूका साथै सबै पक्षलाई संवेदनशील भएर कोभिडविरुद्धको लडाइँमा अत्यन्त सुझबुझ र विवेकशील भई आ–आफ्नो दायित्व निर्वाह गरिइदिनसमेत अस्पतालले आग्रह गरेको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस