सुर्खेतमा भोलि मध्यरातिदेखि एक हप्ता निषेधाज्ञा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सुर्खेतमा भोलि मध्यरातिदेखि एक हप्ता निषेधाज्ञा


प्रशासन संवाददाता

१३ बैशाख २०७८, सोमबार


सुर्खेत । कोरोना संक्रमण बढ्दै गएपछि मंगलबार (भोखि) मध्यरातिदेखि सुर्खेतमा एक साता निषेधाज्ञा लागू हुने भएको छ ।

जिल्ला कोरोना संकट व्यवस्थापन समितिले मंगलबार मध्यराति १२ बजेदेखि लागू हुने गरी एक साता निषेधाज्ञा लागू गर्ने निर्णय गरेको हो ।

संक्रमण फैलिँदै गएकाले जिल्लाभर निषेधाज्ञाको निर्णय गरिएको हो । कोरोना नियन्त्रणभन्दा बाहिर जान थालेपछि निषेधाज्ञा लागू गर्ने निर्णय गरिएको छ । भोलिदेखि जिल्लाभर एक साता निषेधाज्ञा जारी हुनेछ ।

निषेधाज्ञा अवधिभर एम्बुलेन्स, दमकल, शववाहन, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका गाडी मात्र सञ्चालन गर्न दिने बताइएको छ । जिल्लामा मात्रै तीन सय बढी सक्रिय संक्रमित छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस