सिंहदरवारमा सीसीएमसी बैठक सुरु, आंशिक लकडाउन गर्न सक्ने सिफारिस « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सिंहदरवारमा सीसीएमसी बैठक सुरु, आंशिक लकडाउन गर्न सक्ने सिफारिस


१२ बैशाख २०७८, आइतबार


काठमाडौंँ। उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठक सुरु भएको छ ।

अहिले दिउँसो ३:३० बजे सुरु बैठकमा बढ्दो कोरोनाभाइरस संक्रमण र त्यसको रोकथाम तथा अपनाउनुपर्ने रणनीतिबारे छलफल हुने बताइएको छ ।

बैठकमा आंशिक लकडाउन गर्न सिफारिस गर्ने बारे छलफल र निर्णय हुन सक्ने बुझिएको छ । त्यसैगरी स्कुल तथा कलेजहरु पनि केही समयका लागि पुर्णरुपमा बन्द गराउनेबारे पनि निर्णय हुने सहभागी एक अधिकारीले प्रशासनलाई जनकारी गराए ।

Tags :
प्रतिक्रिया दिनुहोस