सुडानको डार्फर क्षेत्रमा जातीय झडपमा १३२ व्यक्तिको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सुडानको डार्फर क्षेत्रमा जातीय झडपमा १३२ व्यक्तिको मृत्यु


एजेन्सी

२६ चैत्र २०७७, बिहिबार


खार्तुम । सुडानको पश्चिमी डारफर क्षेत्रमा भएका जातीय झडपमा हालका केही दिनमा मृत्यु हुनेको सङ्ख्या कम्तिमा १३२ पुगेको यहाँका गभर्नरले बिहीबार सञ्चारमाध्यमहरूलाई जानकारी गराएका छन्।

शनिवारदेखि राज्यको राजधानी एल जेनैना र त्यसको वरपरका क्षेत्रमा मसालाइट र अरब समुदायका सदस्यहरूबीच भएका झडपमा उनीहरूको मृत्यु भएको हो ।

सुडानको सरकारले यस क्षेत्रमा आपतकालिन अवस्थाको घोषणा गरेको छ ।

“स्वास्थ्यकर्मीहरूले दिएको विवरणअनुसार झडपमा मृत्यु हुनेको सङ्ख्या १३२ पुगेको छ,” चाडको सीमावर्ती क्षेत्रस्थित सुडानी एक राज्यका गभर्नर मोहम्मद अब्दुल्लाह डौमाले खार्र्तुममा पत्रकार सम्मेलनमा भने ।

Tags :
प्रतिक्रिया दिनुहोस