नेपाल राष्ट्र बैंककी निर्देशक पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेपाल राष्ट्र बैंककी निर्देशक पक्राउ


प्रशासन संवाददाता

२३ चैत्र २०७७, सोमबार


राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंककी निर्देशक सुष्मा रिजाल रेग्मी पक्राउ परेकी छन् । आफ्नी ८५ वर्षीया आमालाई ३ करोड रुपैयाँ ठगी गरेको आरोपमा उनलाई प्रकाउ गरिएको हो ।

राष्ट्र बैंकको कर्पोरेट प्लानिङ तथा रिस्क म्यानेजमेन्ट विभागकी निर्देशक रेग्मीलाई महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले पक्राउ गरेको हो ।

परिसरका प्रमुख एसएसपी अशोक सिंहका अनुसार सुष्माकी आमाले आफूलाई ठगेको भन्दै छोरीविरुद्ध उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा पक्राउ गरी दुई दिनदेखि थुनामा राखिएको उनले बताए ।

उजुरी अनुसार रेग्मीले विभिन्न बैंकमा भएको आमाको खाताको पैसासहित ३ करोडभन्दा बढीको सम्पत्ति आमाको हेरचाह गर्ने भन्दै आफ्नो नियन्त्रणमा लिएकी थिइन् । तर, पैसा लिएर आफ्नो हेरचाह नगरेको आमाले आरोप लगाएकी छिन् ।

प्रहरीले उनलाई विगत ८ महिनादेखि आमाको राम्रोसँग हेरचाह गर्न वा आमाको सम्पत्ति फिर्ता गरिदिन अनुरोध गरे पनि उनले नमानेको सिंहले जानकारी दिए । रेग्मीविरुद्ध जेष्ठ नागरिक ऐन २०७३ अनुसार मुद्दा दर्ता भइ अनुसन्धान भइरहेकोसमेत उनले बताए ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता देबकुमार ढकालले रेग्मी पक्राउ परेको बारे अनौपचारिक जानकारी रहेको बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस