मलेसियालगायत देशबाट १७ शव ल्याइयो, शव देख्दा थामिएनन् बाबुरामका आँशु « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

मलेसियालगायत देशबाट १७ शव ल्याइयो, शव देख्दा थामिएनन् बाबुरामका आँशु


प्रशासन संवाददाता

२२ चैत्र २०७७, आइतबार


 

काठमाडौं । मलेसियालगायत विभिन्न देशबाट आइतबार (आज) १७ शव नेपाल भित्रिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार मलेसियाबाट १२, टर्कीबाट तीन र कतारबाट दुई नेपालीको शव ल्याइएको हो ।

आज मलेसियाबाट ल्याइएका शवमध्ये दुई गोरखाका थिए । गोरखाको सिरानचोक–५ का सूर्य विक र गोरखा नगरपालिका–१२ का मेघबहादुर कुँवरको शव बुझ्न जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई समेत विमानस्थल पुगेका थिए ।

भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कस्तो दुःखद अवस्था, वैदेशिक रोजगारीमा मलेसिया गएका नेपाली युवाहरूमध्ये १२ जनाको शव एकैदिन त्रिभुवन विमानस्थल आइपुग्यो । तीमध्ये गोरखा–२, सिरानचोक–५ का सूर्य विक (२८ वर्ष) र गोरखा नपा–१२ का मेघबहादुर कुँवर (२७ वर्ष)को शव बुझ्न आएका आफन्तहरूको भावविह्वल अवस्था देख्दा कसरी आँसु थामिन्थ्यो ।’

Tags :
प्रतिक्रिया दिनुहोस