चीनको सडक दुर्घटनामा ११ जनाको मृत्यु « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

चीनको सडक दुर्घटनामा ११ जनाको मृत्यु


एजेन्सी

२२ चैत्र २०७७, आइतबार


बेइजिङ । चीनको पूर्वी क्षेत्रमा यात्रुबाहक बस र ठक्कर एकआपसमा जुधेर भएको दुर्घटनामा कम्तीमा ११ जनाको मृत्यु भएको छ ।

आइतबार बिहान चीको जियाङ्सु प्रान्तमा भएको उक्त दुर्घटनामा अरु १९ जना घाइते भएका छन् । उक्त दुर्घटना शेनयाङ–हाइकाओ राजमार्गमा भएको प्रहरीले जनाएको छ ।

तिब्र गतिमा रहेको ट्रक अनियन्त्रित भई सडकको बीचको बार भत्काएर अर्कोतर्फबाट आइरहेको बसमा ठोक्किएको थियो ।

घाइतेहरुलाई नजिकका अस्पतालहरुमा भर्ना गरिएको छ । प्रारम्भिक अनुसन्धानमा यात्रुवाहक बस शाङ्घाईबाट गुयानयुन काउन्टीतर्फ गइरहेको थियो । चीनमा यतिखेर मानिसहरु छुट्टी मनाउन घरगाउँतर्फ जाने गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस