मागैपिच्छे म कसरी दिनसक्छु राजीनामा ? – प्रधानमन्त्री « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मागैपिच्छे म कसरी दिनसक्छु राजीनामा ? – प्रधानमन्त्री


२१ चैत्र २०७७, शनिबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई दिएको समर्थन फिर्ता लिए राजीनामा दिने बताएका छन् । शनिबार सडक शिलान्यास कार्यक्रममा बोल्दै आफूले राजीनामा माग्दैमा दिन नसकिने तर समर्थन फिर्ता लिएमा राजीनामा आउन सक्ने बताए ।

उनले भने,‘आज मागेको हो र राजीनामा ? माग्या माग्यै छ त, मागैपिच्छे म कसरी दिनसक्छु राजीनामा ? एकदिन एउटा राजीनामा हुन्छ । एउटाले माग्दैन, दुइटाले माग्दैन, एकदिन माग्दैन, दुई दिन माग्दैन । माग्या माग्यै छ, ए बाबा ! हटाउ न त । समर्थन फिर्ता लिइदेऊ भन्छु लिँदैन । अनि राजीनामा माग्छ । राजीनामा आइहाल्छ, समर्थन फिर्ता गर न । समर्थन फिर्ता पनि गर्दैन, अनि राजीनामा माग्छन् ।’

Tags :
प्रतिक्रिया दिनुहोस