अज्ञात समूहले गोली चलाउँदा महोत्तरीमा एक जना घाइते « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अज्ञात समूहले गोली चलाउँदा महोत्तरीमा एक जना घाइते


१९ चैत्र २०७७, बिहिबार


जनकपुरधाम । अज्ञात समूहले चलाएको गोली लागेर महोत्तरीमा एक जना घाइते भएका छन् ।

औरही नगरपालिका–६ बैरियामा अज्ञात समूहले चलाएको गोलीबाट बर्दिवास नगरपालिका–१ का ३० वर्षीय रोशन कोइराला घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार कोइरालामाथि दुई गोली प्रहार गरिएको छ । एउटा गोली उनको हातमा र अर्को कोखामा लागेको छ।

घाइते कोइरालालाई उपचारका लागि बर्दिवासस्थित जनसेवा अस्पतालमा भर्ना गरिएको प्रहरीले जाकनरी दिएको छ ।

बुधबार राति करिब ७ः३० बजेतिर कोइरालामाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस