अस्थायी, ज्यालादारी र करारका कर्मचारीको विवरण पठाउन पत्राचार « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अस्थायी, ज्यालादारी र करारका कर्मचारीको विवरण पठाउन पत्राचार


१८ चैत्र २०७७, बुधबार


काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायहरूमा कार्यरत अस्थायी, ज्यालादारी, एवं करारमा कार्यरत कर्मचारीहरूको विवरण भरी पठाउन पत्राचार गरेको छ ।

मन्त्रालयले स्थानीय पूर्वाधार विभाग तथा विभाग अन्तर्गत सञ्चालित आयोजना, परियोजना र कार्यक्रमहरू, तराई मधेस समृद्धि कार्यक्रम, प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम र वहुक्षेत्रीय पोषण कार्यक्रमलाई पत्राचार गर्दै करारका कर्मचारीको विवरण र आयोजनाको अवधिसमेत पठाउन भनेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस