बालयौन दुराचारको अभियोगमा एक जना अमेरिकी नागरिक पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बालयौन दुराचारको अभियोगमा एक जना अमेरिकी नागरिक पक्राउ


प्रशासन संवाददाता

१८ चैत्र २०७७, बुधबार


काठमाडौँ । बालयौन दुराचारको अभियोगमा पोखरा महानगरपालिका १८ सेदीस्थित विष्णु होमस्टेबाट क्यालिफोर्निया अमेरिका ठेगाना भएका राहदानी नम्बर ५६६९९२३०७ वाहक माइकल नोरम्यान टेलोरलाई मङ्गलवार प्रहरीले पक्राउ गरेको छ ।

सन् २०१९ मा ३ जना बालबालिकाहरुलाई बालयौन दुराचार गरेको भन्ने पीडित बालक एवं अभिभावकहरुबाट जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी प्राप्त भएपछि उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा उनी सन् २०१८, २०१९ र २०२१ गरी तीन पटक नेपाल आएको, अमेरिकामा रहँदैदेखि बालयौन दुराचार गर्ने मनसायले नेपाली बालबालिकासँग सामाजिक सञ्जाल मार्फत सम्पर्क गर्ने गरेको तथा २०२१ मार्च २१ मा नेपाल अवतरण गरी बालयौन दुराचारको मनसाय राखी पोखरा गएको खुल्न आएको छ ।

उनको साथबाट ४ हजार ६ सय अमेरिकी डलर, १ थान ल्यापटप, २ थान मोबाइल, १ थान आई प्याड, १ थान पेनड्राईभ, र १ थान अमेरिकन राहदानी प्रहरीले बरामद गरेको छ ।

उनलाई आवश्यक अनुसन्धान गरी कारबाही प्रक्रिया अगाडि बढाउनको लागि जिल्ला प्रहरी कार्यालय कास्की पोखरामा बुझाइएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस