सुनको मूल्यमा गिरावट, तोलाको ८५ हजार ६०० « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

सुनको मूल्यमा गिरावट, तोलाको ८५ हजार ६००


प्रशासन संवाददाता

१८ चैत्र २०७७, बुधबार


सुन

काठमाडौं । बुधबार सुनको मूल्यमा गिरावट आएको छ । आज सुन तोलामा चार सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८५ हजार ६०० रुपैयाँ तोकिएको छ ।

यसैगरी तेजावी सुन प्रतितोला ८५ हजार १५० रुपैयाँ कायम भएको छ । हिजो मंगलबार छापावल सुन प्रतितोला ८६ हजार रहेको थियो ।

आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । चाँदी तोलामा २० रुपैयाँ घट्दै आज तोलाको १ हजार १९५ रुपैयाँ कायम भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस