देशभरका विद्यालय बन्द गर्ने सरकारी निर्णय भिमाद नगरपालिकाले लागू नगर्ने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

देशभरका विद्यालय बन्द गर्ने सरकारी निर्णय भिमाद नगरपालिकाले लागू नगर्ने


१६ चैत्र २०७७, सोमबार


काठमाडौँ । वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णय भिमाद नगरपालिकाले नमान्ने भएको छ ।

शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा सोमबार बसेको आकस्मिक बैठकले भोलि (मंगलबार)देखि शुक्रवारसम्म सबै शिक्षण संस्था बन्द गर्ने गर्ने निर्णय गरे लगत्तै नगरपालिकाले सूचना जारी गर्दै नगर क्षेत्रभित्र हालसम्म वातावरणीय असहज अवस्था नरहेको हुँदा विद्यालय नियमित रूपमा सञ्चालन गर्न नगरवासीलाई सूचित गरेको हो ।

सम्बन्धित समाचार : भोलीदेखि ४ दिन देशभरका विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

‘शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा २०७७/१२/१६ गतेको प्रेस विज्ञप्तिमा वायुमण्डलमा देखा परेको अस्वाभाविक वातावरणीय परिस्थितिका कारण विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने प्रतिकुल असरका कारण विद्यालयहरू २०७७/१२/२० गतेसम्म बन्द हुने सूचना जारी भएता पनि यस नगर क्षेत्रभित्र हालसम्म वातावरणीय असहज अवस्था नरहेको हुँदा विद्यालयहरू नियमित रूपमा सञ्चालन गर्नु गराउनु हुन निर्देशानुसार सूचित गरिन्छ’, शाखा अधिकृत टेकावती ढकालले जारी गरेको सूचनामा भनिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस