महन्थ ठाकुरलाई खगेन्द्र संग्रौलाको प्रश्न : ओलीलाई नै समर्थन गर्नुपर्ने वाध्यता के छ ? « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

महन्थ ठाकुरलाई खगेन्द्र संग्रौलाको प्रश्न : ओलीलाई नै समर्थन गर्नुपर्ने वाध्यता के छ ?


प्रशासन संवाददाता

१४ चैत्र २०७७, शनिबार


काठमाडौँ । लेखक तथा नागरिक अभियन्ता खगेन्द्र संग्रौलाले महन्थ ठाकुरले नेतृत्व गरेको जनता समाजवादी पार्टी नेपाल (जसपा) ले केपी शर्मा ओलीसँग सहकार्य गर्न दैनिक वार्ता गरेको टिप्पणी गर्दै ओलीलाई हिटलर प्रवृति भन्नेले यसरी समर्थन गर्न नमिल्ने बताएका छन् ।

आज (शनिबार) नागरिक आन्दोलनले आयोजना गरेको कार्यक्रममा जसपाका अध्यक्ष महन्थ ठाकुरलाई प्रश्न गर्दै उनले भने, ‘ओलीलाई हिटर प्रवृति भन्ने महन्थ र त्यसका समुदायले ओलीलाई समर्थन गर्नैपर्छ ? के कारण हो ? के छ वाध्यता ?’

जवाफमा जसपा नेपालका अध्यक्ष ठाकुरले प्रधानमन्त्री ओलीले आफूलाई पटक–पटक सरकारमा आउन आग्रह गरेको तर आफूले समर्थन नगरेको बताएका छन् । यद्यपी ओलीलाई आफूहरुलाई समर्थन नगरे पनि विरोध नगर्ने वाचा आफूले गरेको अध्यक्ष ठाकुरले प्रष्ट पारेका छन् ।

ओलीसँग भेट्न जाँदा उनले १४ वर्ष जेलमा बसेको कथा आफूलाई सुनाउने गरेको धारणा राखेका थिए । संग्रौलाले केपी ओलीलाई ‘ओली’ बनाउने काम माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरेको टिप्पणी गरेका छन् ।

पार्टीको सबै विधि, विधान र चाहना ओलीको पाउमा राखेर उनलाई बलियो बनाउने काम प्रचण्डले गरेको उनले बताए । मधेश आन्दोलन हुँदा मधेशमा युवाहरु मारिने काम ओलीको कमाण्डमा भएको पनि उनले आरोप लगाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस