काठमाडौँ । नेपालमा हालसम्म ३ हजार ९ सय ४० मेगावाट विद्युत् उत्पादन हुन थालेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा पेस गरेको नेपाल सरकारको नीति तथा कार्यक्रममा यस्तो जानकारी दिइएको हो ।
साथै, ९८ प्रतिशत जनताको घरमा बिजुली पुगेको जानकारी पनि राष्ट्रपति पौडेलले दिएका छन् ।