आफ्नो कुरा राखेर झलनाथ बालुवाटारबाट बाहिरिए, निर्णय फिर्ता लिन ओलीलाई आग्रह « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आफ्नो कुरा राखेर झलनाथ बालुवाटारबाट बाहिरिए, निर्णय फिर्ता लिन ओलीलाई आग्रह


१३ चैत्र २०७७, शुक्रबार


काठमाडौँ। नेकपा (एमाले) को संसदीय दलको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाल समूहका सांसदहरुको पनि उपस्थिति छ ।

खनाल–नेपाल समूहबाट वरिष्ठ नेता झलनाथ खनालले बैठकमा आफ्नो भनाई राखेका थिए । उनले पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्नेमा जोड दिँदै त्यसको लागि फागुन २३ गतेपछि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले गरेका निर्णय फिर्ता हुनुपर्ने भनाई राखेका थिए ।

‘एउटा अब्जेक्टिभ रियालिटीको रुपमा देशमा स्थापित भइसकेको पार्टी सर्वोच्च अदालतले विभाजित गरिदियो । सर्वोच्चको फैसलाले अलग–अलग हुन पुग्यौं। अलग–अलग बनाएको भनेको हामी जेठ २ मा फर्कियौं । पर्किएपछि नेकपा एमालेको केन्द्रीय निकाय, केन्द्रीय कमिटी जस्तो थियो । तलसम्मको संरचना जस्तो थियो त्यसलाई स्वीकार गरेर जानुपर्छ । त्यसलाई नै प्रस्थानविन्दु मानेर जानुपर्छ,’ बैठकमा खनालले भनेका थिए ।त्यस्तै उनले संसदीय दलको प्रस्थान बिन्दु पनि जेठ २ नै भएको ठहर गरेका थिए ।

उनले फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले नेकपा एमाले र नेकपा माओवादी केन्द्र व्युँतिएकोले अब २०७५ साल जेठ २ गतेको अवस्थाबाट अघि बढ्नुपर्ने अडान राखेका थिए । यदि, त्यसरी जान सकिएन भने पार्टी एकढिक्का हुन नसक्नेतर्फ उनले चिन्ता व्यक्त गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस