संसदीय दलको बैठकमा सहभागी हुने खनाल–नेपाल समूहको निर्णय « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

संसदीय दलको बैठकमा सहभागी हुने खनाल–नेपाल समूहको निर्णय


प्रशासन संवाददाता

१३ चैत्र २०७७, शुक्रबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमालेको माधवकुमार नेपाल समूह संसदीय दलको बैठकमा जाने भएको छ ।

प्रधानमन्त्री एवं एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले शुक्रबार अपराह्न ३ बजे दलको बैठक बोलाएका छन् ।

खनाल–नेपाल समूहको केन्द्रीय कमिटी सदस्य बैठकले पार्टीको स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्ने निर्णय गरेको छ । आज कलंकीस्थित मेघा पार्टी प्यालेसमा बसेको बैठकले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई बैठक बोलाउन माग गर्ने निर्णय गरेको नेता ठाकुर गैरेले जानकारी दिए ।

उनका अनुसार आजको खनाल–नेपाल समूह संसदीय दलको बैठकमा सहभागी हुनेछ । बैठकमा सहभागी भएर आफ्ना कुरा राख्नने निर्णय भएको गैरेले जानकारी दिए ।

 

Tags :
प्रतिक्रिया दिनुहोस