संक्रमणको जोखिमलाई मध्यनजर गर्दै होली घरभित्रै सीमित गर्न मन्त्रालयको अपील « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

संक्रमणको जोखिमलाई मध्यनजर गर्दै होली घरभित्रै सीमित गर्न मन्त्रालयको अपील


११ चैत्र २०७७, बुधबार


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होली पर्व घरमै मनाउन र भीडभाड नगर्न अपील गरेको छ ।

पछिल्लो समय छिमेकी मुलुक भारत लगायत मुलुकमा कोरोना भाइरस संक्रमण दर उच्च रहेको र नेपालमा पनि संक्रमितको संख्या बढ्न सक्ने जोखिलाई मध्यनजर गर्दै चाडपर्व मनाउन मनत्रालयले आग्रह गरेको हो ।

मन्त्रालयले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि मास्क सेनेटाइजर लगाय विभिन्न स्वस्थ्य सतर्कता अपनाउन समेत आग्रह गरेको छ ।

बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले भने, ‘पछिल्लो केही दिनमा संक्रमणको संख्या उकालो लागेको छ । जोखिम पनि बढेको छ । त्यसैले होली घरमै मनाउन र भीडभाड नगर्न आग्रह गर्छौं ।’

रंगहरुको पर्व होली पहाडमा चैत १५ र तराई मधेसका जिल्लामा १६ गते मनाइँदैछ । बुधबार नेपालमा ३९६३ परीक्षणमा १४५ जनामा संक्रमण पुष्टि भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस