प्रचण्डले लाजमर्दो राजनीति गरे : कमल थापा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रचण्डले लाजमर्दो राजनीति गरे : कमल थापा


९ चैत्र २०७७, सोमबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले​ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाजमर्दो राजनीतिमा लागेको बताएका छन्।

उनले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै प्रधानमन्त्री केपी शर्मा ओली माथि वर्षौंदेखि विदेशीबाट पालित पोषित भन्दै गम्भिर ओप लगाएको र आफुले सरकारलाई दिइएको समर्थन कायमै राखेको भन्दै दाहालले लाजमर्दो राजनिति गरेको बताएका हुन् ।

उनले सामाजिक सञ्जाल ट्वीटमा लेखेका छन्, ‘दुई पटक प्रधानमन्त्री भइसकेका र केहीदिन अघिसम्म एउटै पार्टीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई दाहालले ‘वर्षौंदेखि विदेशीबाट पालित पोषित एजेन्ट’ आरोप लगाएको सुन्दा आश्चर्य लागेको  छ।​ यस्तो गम्भीर आरोप लगाउँदा पनि दाहालले वर्तमान सरकारलाई दिएको समर्थन कायमै राखेर लाजमर्दो राजनीति ‘ थापाले ट्वीटमा उल्लेख गरेका छन्।

सर्वोच्च अदालतले फागुन २३ गते दुई खेमामा बाँडिएको तत्कालीन नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को अस्तित्व रहन नसक्ने भन्दै त्यसअघिका नेपाल कम्युनिस्ट पार्टी(एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को अस्तित्व कायम रहने भनी फैसला गरेको थियो ।

उक्त फैसलापछि नेकपा एमाले र अन्य दल सत्ता समीकरण फेरबदलमा लागेका छन् । अहिले ओली दाहाल नेतृत्वको माओवादी केन्द्रको समर्थनमा प्रधानमन्त्री छन् । तर एकीकृत पार्टी विधिवत् रूपमै आ-आफ्नो धारमा फर्किएपछि उनीहरूबीच सत्ता जोगाउने र भत्काउने प्रतिस्पर्धा सुरु भएको छ । माओवादी केन्द्रले सरकारबाट मन्त्रीहरू फिर्ता बोलाउने निर्णय गरे पनि सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन ।

केपी शर्मा ओली नेतृत्वको सरकारमा माओवादी केन्द्रका नेताहरू रामबहादुर थापा गृहमन्त्री, टोपबहादुर रायमाझी ऊर्जामन्त्री, लेखराज भट्ट उद्योग तथा आपूर्तिमन्त्री, प्रभु साह सहरी विकासमन्त्री, मणि थापा खानेपानीमन्त्री, गौरीशंकर चौधरी श्रममन्त्री र दावा लामा युवा तथा खेलकुदमन्त्री छन् । उनीहरू माओवादी केन्द्रमा नफर्किने बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस