राष्ट्रपति भोलि बंगलादेश जाँदै, यस्ता छन् कार्यक्रम « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रपति भोलि बंगलादेश जाँदै, यस्ता छन् कार्यक्रम


प्रशासन संवाददाता

८ चैत्र २०७७, आइतबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी भोलि बंगलादेश जाँदै छिन् । दुई दिने औपचारिक भ्रमणका लागि राष्ट्रपति भण्डारीको भ्रमण कार्यतालिका तय भएको हो ।

उनले बंगलादेशका राष्ट्रपिता बंगलाबन्धु शेख मुजबुर रहमानको शतवार्षिकी जन्मजयन्तिमा सहभागी हुने कार्यक्रम पनि छ । बंगलादेशले एक साता सम्म विभिन्न कार्यक्रम गरी शतवार्षिकी कार्यक्रम मनाउने छ । त्यसमा राष्ट्रपति भण्डारीले नेपाल र बंगलादेशबिचको सम्बन्धका बारेमा प्रवचन दिने कार्यक्रम पनि तय भएको छ ।

भण्डारीले बंगलादेशका समकक्षी मोहमद अब्दुल हमिदसँग विभिन्न दुई पक्षीय विषयमा कुराकानी गर्ने कार्यक्रम छ ।

त्यसै गरी भण्डारी समकक्षीले आयोजना गर्ने रात्रि भोजमा पनि सहभागी हुने छिन् । राष्ट्रपति भण्डारीले त्यहाँको सहिद स्मारिकाको भ्रमण गर्ने कार्यक्रम छ ।

ढाकास्थित नेपाली दूतावास भ्रमण गरी त्यहाँ रहेका नेपाली समुदायसँग भेट गर्ने कार्यसूची पनि रहेको छ ।

भण्डारीको भ्रमण दलमा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव भरतराज पौडेल, अन्य केही उच्च सरकारी अधिकारी र एक सांस्कृतिक टोली पनि रहने छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस