एमालेको स्थायी कमिटी सदस्य प्रस्ताव गर्ने अधिकार अध्यक्ष र महासचिवलाई « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

एमालेको स्थायी कमिटी सदस्य प्रस्ताव गर्ने अधिकार अध्यक्ष र महासचिवलाई


प्रशासन संवाददाता

७ चैत्र २०७७, शनिबार


काठमाडौँ । नेकपा एमालेले पदाधिकारी र स्थायी कमिटी सदस्य प्रस्ताव गर्ने अधिकार महाधिवेशन आयोजक कमिटीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेललाई दिएको छ।

एमालेको शनिबार बसेको केन्द्रीय कमिटी बैठकले आयोजक कमिटीको स्थायी कमिटी र पदाधिकारीका विषयमा प्रस्ताव ल्याउन अध्यक्ष र महासचिवलाई जिम्मा दिएको हो।

यसअघिका बाँकी पदाधिकारी र स्थायी कमिटी सदस्यहरुलाई खारेज गर्दै नयाँ प्रस्ताव ल्याउने जिम्मेवारी दिइएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।

बैठकले केन्द्रीय कमिटीलाई महाधिवेशन कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको छ। माओवादी केन्द्रबाट थपिएका २३ जनासमेत गरी २६४ जनालाई महाधिवेशन कमिटीमा रुपान्तरण गरेको हो।

बैठकले आयोजक कमिटीका २६४ सदस्यलाई कार्य विभाजन १० दिनभित्र प्रस्ताव गर्न संगठन विभाग प्रमुख विष्णु पौडेल, शंकर पोखरेल र टोपबहादुर रायमाझीलाई जिम्मा दिएको छ ।

एमालेको महाधिवेशन आगामी मंसिर ४ र ५ गतेका लागि यसअघि नै तोकिसकिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस