बैंक अफ काठमाण्डूमा तीन नयाँ सञ्चालक निर्वाचित « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

बैंक अफ काठमाण्डूमा तीन नयाँ सञ्चालक निर्वाचित


प्रशासन संवाददाता

४ चैत्र २०७७, बुधबार


काठमाडौँ । बैंक अफ काठमाण्डूमा तीन नयाँ सञ्चालक निर्वाचित भएका छन् ।

मंगलबार सम्पन्न विशेष साधारणसभाले सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरु गोविन्दप्रसाद शर्मा, मदनलाल जोशी र अमृता उप्रेतीलाई सञ्चालक पदमा निर्विरोध निर्वाचित भएका हुन् ।

मंगलबार आयोजित सभा बैंकको सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो।

बैंकले हाल ९० शाखा कार्यालयहरु, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरमार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस