चार कर्मचारीको नासुमा बढुवा तथा पदस्थापन « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

चार कर्मचारीको नासुमा बढुवा तथा पदस्थापन


३ चैत्र २०७७, मंगलबार


काठमाडौँ । जिल्ला प्रशासन कार्यालय रसुवाका चार कर्मचारीको बढुवा भएको छ । लोक सेवा आयोग काठमाडौँ कार्यालयबाट बढुवाका लागि सिफारिस चार जनालाई बढुवा समितिको सचिवालय रसुवाले राजपत्र अनङ्कित प्रथम श्रेणी(नायव सुब्बा वा सो सरह) मा बढुवा गरेको हो ।

बढुवा हुनेमा ज्येष्ठता र कार्य सम्पादन मूल्याङ्कनबाट दुई जना र कार्यक्षमता मूल्याङ्कन तर्फ दुई जना गरी चार जना रहेका छन् ।

ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कन तर्फ नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूह नायब सुब्बा पदमा बढुवा हुनेमा रेश्मा लामिछाने घिमिरे र हेमन्त अधिकारी छन् भने कार्यक्षमताको मूल्याङ्कनद्वारा बढुवा हुनेमा नायब सुब्बामा सम्झना देवान र सर्वेक्षक मुकुन्द भण्डारी छन् ।

बढुवा भएका मध्ये रेश्मा लामिछानेलाई जिल्ला समन्वय समितिको कार्यालय, रसुवा, हेमन्त घिमिरे र सम्झना देवानलाई अध्यागमन कार्यालय रसुवागढी र मुकुन्द शर्मा भण्डारीलाई रसुवा भन्सार कार्यालय टिमुरे सिफारिस गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस