ठुलो परिमाणमा लागु औषध बरामद « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

ठुलो परिमाणमा लागु औषध बरामद


२ चैत्र २०७७, सोमबार


काठमाडौँ । काठमाडौँको स्युचाटारबाट लागु औषध कारोबार गिरोहका एक नाइके पक्राउ परेका छन् ।

सोलुखुम्बुको दुधकुण्ड गाउँपालिका घर भएका ३६ वर्षीय आङगु शेर्पालाई ठुलो परिमाणमा लागु औषधसहित महानगरीय प्रहरी वृत्त कालीमाटीले पक्राउ गरेको हो ।

प्रहरीले उनीबाट आफ्नो डेरामा लुकाएर राखेका अवस्थामा आठ सय ११ एम्पुल डाइजेपाम, सात सय ८५ एम्पुल फेनेरागन, ६ सय एम्पुल नुरफिन, एक सय ७९ एम्पुल लुपुजेपाम, १२ सय ट्याब्लेट नाइटेजेपाम बरामद गरेको छ ।

शेर्पाबाट ६० हजार नगद पनि बरामद गरिएको प्रहरीले जनाएको छ । ठुलो परिमाणमा बरामद भएकाले शेर्पा ठुला कारोबारी भएको प्रहरी दाबी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस