ओली–नेपाल छलफल : दुवै समूहको आ–आफ्नै अडान « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

ओली–नेपाल छलफल : दुवै समूहको आ–आफ्नै अडान


२ चैत्र २०७७, सोमबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र माधव कुमार नेपाल पक्षका नेताहरूबीच पार्टी कार्यालयमा आज बसेको बैठक सकिएको छ।

पार्टी कार्यालय धुम्बाराहीमा भएको छलफलमा दुवै पक्षका शीर्ष नेताहरूले आ–आफ्नो धारणा राखेका छन् ।

‘दुवै पक्षले आ–आफ्नो अडान राखेका छन्, छलफल जारी रहन्छ’ नेता रघुजी पन्तले भने । उनले अगाडी भने, ‘वार्ता सौहार्दपूर्ण भयो। सकारात्मक भयो। एक अर्काका कुरा सुन्ने, बुझ्ने काम भयो ।’

अध्यक्ष ओलीले सकारात्मक रूपमा वार्ता अगाडि बढाउने आफूहरूको अपेक्षा रहेको पनि पन्तले जानकारी दिएका छन्।

गत फागुन २८ मा ओलीले आफू पक्षीय नेताहरूको बैठकबाट महाधिवेशन घोषणा, माओवादीका नेताहरूलाई एमाले केन्द्रीय कमिटीमा मनोनयनलगायत निर्णय गरेका थिए।

उक्त निर्णयबारे आफूहरूलाई जानकारी नभएको र निर्णय भएको भए नमान्ने अडान आफूहरूले आज अध्यक्ष ओलीलाई गराएको पन्तले बताए। उनले भने, ‘२८ गते भएको बैठकका निर्णय थाहा छैन। निर्णय स्विकार्दैनौँ। त्यो बैठक विधानअनुसार छैन। स्वीकार्न सकिन्न भनेर हामीले भनेका छौँ ।

Tags :
प्रतिक्रिया दिनुहोस