स्याङ्जामा भरुवा बन्दुकसहित २ जना पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

स्याङ्जामा भरुवा बन्दुकसहित २ जना पक्राउ


२ चैत्र २०७७, सोमबार


काठमाडौं । स्याङ्जामा भरुवा बन्दुकसहित दुईजना पक्राउ परेका छन् । हरिनास गाउँपालिका–४ कुलुङखोला सानिस्वाराबाट सोही ठाउँका ३६ वर्षीय हेमबहादुर भुजेल र २२ वर्षीय प्रेम भुजेल पक्राउ परेका छन् ।

जङ्गलमा सिकार खेल्न हिँडेका उनीहरुलाई इलाका प्रहरी कार्यालय चिसापानीको टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख, एपी होबिन्द्र बोगटीले जानकारी दिएका छन् ।

प्रहरीले उनीहरुको साथबाट एउटा भरुवा बन्दुक, त्यसमा प्रयोग हुने १७ थान छर्रा र ५ ग्राम बारुदसमेत बरामद गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस