ओलीको एकल निर्णयबारे छलफल गर्न नेपाल–खनाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

ओलीको एकल निर्णयबारे छलफल गर्न नेपाल–खनाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै


२९ फाल्गुन २०७७, शनिबार


काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल समूहले आज ११ बजे केन्द्रीय कमिटी बैठक बोलाएको छ।

शुक्रवार साँझ केपी शर्मा ओलीले एकलौटी ढङ्गले केन्द्रीय कमिटी पुनर्गठन गर्दै महाधिवेशनको मिति तोकेपछि वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले आकस्मिक स्थायी कमिटी बैठक बोलाएर शनिवार बिहान ११ बजे केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो।

खनाल–नेपाल समूहले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले पार्टी फुटाउने उद्देश्य साथ एकलौटी निर्णय गरेको भन्दै त्यसविरुद्ध एकजुट हुन कार्यकर्तालाई आह्वानसमेत गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस