प्रधानमन्त्री बाहिरिएपछि शोक प्रस्ताव पारित गरी सकियो संसद् बैठक « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्री बाहिरिएपछि शोक प्रस्ताव पारित गरी सकियो संसद् बैठक


२६ फाल्गुन २०७७, बुधबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली बैठक सुरु नहुँदै बाहिरिएपछि शोक प्रस्ताव मात्रै पारित गरी बुधवारको संसद् बैठक स्थगित भएको छ ।

यसअघि बुधवार बस्ने बैठकलाई विभिन्न दलका नेताहरूले सम्बोधन गर्ने कार्यसूची भए पनि प्रधानमन्त्री ओली फर्किएपछि उक्त कार्यसूची परिवर्तन गरिएको हो ।

यसअघिको कार्यसूचीमा विभिन्न अध्यादेशहरू टेबल गर्ने र शोक प्रस्ताव पारित गर्ने उल्लेख थियो । बैठक शोक प्रस्ताव मात्रै पारित गरी सकिएको छ । अर्को बैठक चैत्र ३ गते मङ्गलवार दिउँसो १ बजे बस्ने छ ।

यसअघि आइतबारको संसद् बैठकमा नेपाली काँग्रेस र नेकपाका सांसदहरूले सदन अवरुद्ध गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस