भारतमा तेलको मूल्य वृद्धिलाई लिएर सदन अवरुद्ध « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

भारतमा तेलको मूल्य वृद्धिलाई लिएर सदन अवरुद्ध


एजेन्सी

२६ फाल्गुन २०७७, बुधबार


भारत । भारतमा तेलको मूल्य वृद्धिलाई लिएर मंगलवार विपक्षी पार्टीले सदन अवरुद्ध गरेको छ ।

संसद बजेट सत्रको दोस्रो सत्रमा तेलको मूल्य वृद्धिलाई लिएर विपक्षी पार्टीले सदन अवरुद्ध गरेपछि दुबै सदनको बैठक स्थगित गरिएको हो । लोकसभा तथा राज्यसभाको बैठक बुधबारसम्मको लागि स्थगित भएको हो ।

मंगलवार दिउँसो १२ बजे लोकसभाको पूर्व निर्धारित कारबाही सुरु हुने बित्तिकै विपक्षी सांसदहरुले सदन अवरुद्ध गरेका थिए । काँग्रेसका केही सांसदहरूले तेलको मूल्य फिर्ता लिनुपर्ने माग गरेका छन् ।

त्यही दिन कांग्रेसका नेता अधीर रञ्जन चौधरीले लोकसभा टेलिभिजनमा विपक्षीले भनेको कुरा नदेखाएको आरोप लगाएका थिए । उनले विक्षपीको कुरा लोकसभाको टेलिभिजनमा नआएको भन्दै आश्चर्य व्यक्त गरेका थिए ।

यता, लोकसभाका अध्यक्ष ओम बिड्लाले उक्त टेलिभिजनमा विपक्षीले देशलाई हंगामा देखाउन खोजेको हो भनी प्रतिप्रश्न गरेका छन्। त जवाफमा चौधरीले उक्त प्रदर्शन संसदीय कारबाहीको हिस्सा भएकाले देखाउनु पर्ने जिकिर गरेका छन्।

राज्यको विधानसभा चुनावका कारण संसदको सत्रलाई छोट्याउन सक्ने भारतीय सञ्चार माध्यमहरुद्वारा प्रशारित समाचारमा उल्लेख गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस