दाहाल-नेपाल समुहको स्थायी समिति बैठक पेरिसडाँडामा जारी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

दाहाल-नेपाल समुहको स्थायी समिति बैठक पेरिसडाँडामा जारी


२४ फाल्गुन २०७७, सोमबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समुहका स्थायी समिति बैठक पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी रहेको छ ।

पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न पार्टी कार्यालय पेरिसडाँडामा केहीबेर अघि बैठक सुरु भएको हो ।

सर्वोच्च अदालतले आइतबार ऋषिराम कट्टेलले नेपाल कम्युनिष्ट पार्टीको नाम आफ्नो भन्दै दिएको रिटमा कट्टेलको पक्षमै फैसला गरिदिएको छ भने तात्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरणपछि बनेको नेकपालाई बदर गरिदिएको हो।

सर्वोच्च अदालतले तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा खारेज गरेपछि सो समुहले आकस्मिक स्थायी समिति बैठक बोलाएको हो ।

बैठकमा सर्वोच्चको फैसलाबारे छलफल गरेर फैसला पुनरावलोकनका लागि जाने वा नजाने भन्ने निर्णय गर्ने नेताहरुले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस