ग्लोबल आइएमई बैंक र परीक्षा नियन्त्रण कार्यालय बल्खुबीच सम्झौता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

ग्लोबल आइएमई बैंक र परीक्षा नियन्त्रण कार्यालय बल्खुबीच सम्झौता


६ पुस २०७७, सोमबार


काठमाडौँ । ग्लोबल आइएमई बैंक र त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुबीच ग्लोबल आइएमई बैंकले प्रदान गर्ने सेवा सुविधाहरू सम्बन्धी सम्झौता नवीकरण भएको छ । उक्त सम्झौता पत्रमा त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयका तर्फबाट परीक्षा नियन्त्रक पुष्पराज जोशी र ग्लोबल आइएमई बैंक लि.को तर्फबाट कीर्तिपुर शाखा कार्यालय प्रमुख शोभा न्यौपानेले हस्ताक्षर गरेका छन् ।

सम्झौता पत्र अनुरूप त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयमा दैनिकरुपमा सङ्कलन हुने शुल्क तथा धरौटी बापतको रकम सङ्कलन गर्ने व्यवस्थाका साथै त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरूले बैंकका सम्पूर्ण शाखा कार्यालयबाट शुल्क/रकम जम्मा गर्न मिल्नेछ । त्रिभुवन विश्वविद्यालयका विद्मार्थीहरुको सम्पूर्ण कारोबार यस बैंकको बल्खु स्थित काउन्टर लगायत नेपाल अधिराज्यभरका सबै शाखाबाट त्रि।वि।को आम्दानी खातामा जम्मा गर्न मिल्नेछ । यसका साथै उक्त काउन्टरबाट परीक्षा नियन्त्रण कार्यालयमा कार्यरत कर्मचारीहरूको बचत खाता खोल्ने, चेक सटही सुविधा प्रदान गर्ने, नगद एवं चेक जम्मा लिने/दिने लगायतका सम्पूर्ण बैंकिङ्ग सुविधा उपलब्ध हुनेछ ।

विभिन्न सरकारी कार्यालयहरूको आर्थिक कारोबार बैंक मार्फत गर्ने गराउने सरकारको नीति अनुरूप ग्लोबल आइएमई बैंक लि।ले देशभरका विभिन्न सरकारी कार्यालय, उद्योग, विभाग, यातायात व्यवस्था कार्यालय, आन्तरिक राजश्व कार्यालय, मालपोत कार्यालय लगायतका ३० वटा भन्दा बढी सरकारी कार्यालय परिसरबाट समेत आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्देश्यले ७३ वटा जिल्लामा फैलिएको २६४ शाखा सञ्जाल सहित २३९ एटिएम, ४७ एक्सटेन्सन काउन्टर तथा राजश्व सङ्कलन काउन्टर, २३९ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्पर्क कार्यालय मार्फत आफ्ना २१ लाख भन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

त्यसै गरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस