सिटीईभिटीको परीक्षा मंसिर ८ देखि « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सिटीईभिटीको परीक्षा मंसिर ८ देखि


६ कार्तिक २०७७, बिहिबार


काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीईभिटी)ले डिप्लोमा तहको परीक्षा मंसिर ८ गतेदेखि सञ्चालन गर्ने भएको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण स्थगित नियमित तथा आंशिक सेमेस्टर र डेन्टल कन्भर्जनको परीक्षा ८ मंसिरबाट सुरु गर्ने भएको हो ।

परीक्षा पूर्वनिर्धारित केन्द्रहरूमै सञ्चालन गरिने सिटीईभिटीले जानकारी दिएको छ ।

सिटीइभिटीका अनुसार नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गरिने छ । कोभिड–१९ संक्रमण देखिएका परीक्षार्थीले होम आइसोलेसन वा संस्थागत आइसोलेसनमा बसेको प्रमाण पेस गरेमा छुट्टै परीक्षाको व्यवस्था गरिने छ ।

परीक्षा जुध्न गएका परीक्षार्थीहरूलाई सूचना प्रकाशित भएको मितिले सात दिनभित्र परीक्षा नियन्त्रण कार्यालयमा सम्पर्क गर्न भनिएको छ ।

यस्तै डिप्लोमा÷प्रमाणपत्र तहको एक विषय मौका परीक्षा भने कात्तिक २२ गते सञ्चालन गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस