हाकिम साहेब ! « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

हाकिम साहेब !


१ कार्तिक २०७७, शनिबार


घुम्ने कुर्सी, चिल्लो टेबुल, ढाका टोपी ढल्काएर ।
दौरा, सुरुवाल, चट्ट जुँगा, कालो चश्मा टल्काएर ।।

कता जाने अहिल्यै हजुर, लोकले देखे के पो भन्ला ?
दुई औँलाको कापमा च्यापी सूर्य चुरोट सल्काएर ।।

जनसेवा तिर लागे सबको भलो हुन्थ्यो बरु,
जोगाउने कुर्सी दाउ, झल्ला जमात पल्काएर ।।

ठूलो जत्था बोकी साँझ रेस्टुरेन्टमा छिर्नु पर्ने ।
ब्रान्डी र ह्विस्की प्याला रमाउँदै छल्काएर ।।

मध्यरात बिती सक्छ रमाइलो सिद्धिँदैन ।
हाकिम साहेब प्रशन्न छन् अनुहार झल्काएर ।।

Tags :
प्रतिक्रिया दिनुहोस