२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लकडाउनका साथी !

अ+ अ-

उमेरले सानो छदा घरपरिवारले मेरो लागि नयाँ किताब ल्याइदिने बित्तिकै उक्त किताबमा राखिने त्यो गाता निकै मजबुत हुन्थ्यो। किताबको भित्री पाना बरु च्यातिएला त्यो गाता च्यात्तिँदैनथ्यो। आफूसँगैका अरू साथीहरूको किताबको गाता च्यातिएको देख्दा आफू निकै खुसी भइन्थ्यो त्यति बेला। यसमा एक प्रकारको बेग्लै खुसी मिल्थ्यो किनकि आफ्नो किताबको गाता निकै बलियो भएछ भनेर। किताब प्रतिको त्यति बेलाको प्रेम अनि त्यसको मजबुत गाताबाट प्राप्त खुसी मलाई आज आएर थाहा हुँदै छ कि वास्तवमा किताब निकै इमानदार साथी रहेछन्। जुनसुकै किताब भए पनि प्रत्येक किताबले विस्तार-विस्तारै एक छुट्टै बाटो देखाउँदा रहेछन् अर्थात्, किताबले यथार्थ जीवनबाट प्राप्त गर्न नसकिने खुसी प्रदान गर्दा रहेछन्। यस्तै विभिन्न किताबहरूलाई साथी बनाई कहिले समयसँगै काल्पनिक कथा त कहिले अर्थशास्त्रीय सिद्धान्त, कहिले गाउँ अनि कहिले सहरका कथा, इतिहासका अनि भूगोलको संवाद त कहिले प्राकृतिक विज्ञानसम्म यस्तै यस्तै लगायतका कुराहरू धारणाहरू पढ्छु म पनि, पढाइसँगै आफ्ना भोगाइलाई काल्पनिक शीर्षकहरू दिएर कहिलेकाहीँ लेख्छु अनि यस्तै यस्तैमा रुचि राख्छु।

डिसेम्बर २०१९ मा चीनको वुहानमा पहिचान भई विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस रोग-२०१९ (कोभिड-१९) ले सिर्जित लकडाउनमा नियमित अनि पेसागत कामकाजका साथसाथै मैले करिब दर्जनौँ सुप्रसिद्ध लेखकहरूका दर्जन बढी कृतिहरू पढ्ने मौका अनि समय पाएँ।सुप्रसिद्ध लेखक डा. निर्मल ज्ञवालीको (बुक-हिल पब्लिकेशन काठमाडौँ, नेपालबाट २०७१ चैत्रमा प्रकाशित) ‘फ्रिडम टु डाई’ नामक पुस्तक पढेँ। पढ्दै जाँदा पुस्तकभित्रको ‘क्यान्टिनकी बैनी’ शीर्षकको पेज नं. ८० र ८१ मा लेखिएको अंश यहाँनेर राख्न चाहन्छु, त्यसमा लेखिएको छ; “म बसेर पढ्छु। उठेर पढ्छु। हिँड्दै पढ्छु। खाँदै पढ्छु। सुतेर पढ्छु। शीतल छहारीमा पढ्छु।कहिलेकाहीँ घाममै पढिदिन्छु।जहाँ हुन्छु, त्यहीँ बसेर पढिदिन्छु।” हो मलाई पनि यो पुस्तकले यस्तै अभ्यस्त बनायो।एक लेखक पात्रहरूसँगै पाठकलाई सँगसँगै लिएर जान्छन्।उनका सुखदु:खका साथी बनाइदिन्छन्।हरपल उनीहरूसँगै हुन्छन्। भन्ने भनाई यस पुस्तकले प्रष्ट पारिदियो।

कर्ण शाक्यको ‘खोज’ अनि ‘मोज’ दुवै पुस्तक पढेँ।यी पुस्तकले मलाई निरन्तर प्रयास र प्रक्रिया नै खोज हो भन्नेदेखि सहरको वास्तविकता अनि देश-विदेशसम्मको यात्रा सित्तैमा सम्पन्न गरायो। सुखी हुनका लागि आर्थिक समृद्धि पहिलो अनि महत्त्वपूर्ण कुरा हो। देशभित्र प्रशस्त मात्रामा काम नपाउनु जसले गर्दा आफ्नो अनि परिवारको आकाङ्क्षा आपूर्ति गर्न नसक्नुले सिर्जित गरिबी र सोको कारणले विरक्त भएर कतिपय मानिसहरू आफ्नो जन्मथलो छोड्दछन्, देश छोड्दछन्। यस्तै सुन्दा उस्तै लाग्ने शब्द ‘खुसी’ अनि ‘सुखी’ वास्तवमा फरक चिज नै रहेछन् भन्ने एक खालको धारणा बनाउन मलाई यी दुई थान पुस्तकले सिकायो।

ब्रजेशको साइड हिरो पढेँ।साइड हिरोले पढ्दा आजसम्म म कुनै फिल्म हलमा नगएको भएतापनि साँच्चिकै सिनेमाघर पुर्‍यायो, फिल्मी संसारमा डुबायो अनि मलाई फिल्मको फिलिङ्ग गरायो। पुस्तक पढ्दै गर्दा म कहिले सुटिङ स्थलमा पुगे त कहिले एक अर्काका काँधमाथि चढेर, टाङमुनि छिरेर, कठालो समातेर, पाखुरा तानेर, कपाल भुत्ल्याएर, सिनेमाको टिकट किनेको अनुभूति गरायो।साथै मैले धेरै पहिला सुनेको बच्चु कैलाशको, ‘फुल टिपेर मायाको चढाउदैछ मायालुलाई’…. गीतको स्मरणदेखि ‘सिनेमा भनेको एउटा जादुमय संसार हो जहाँ हरेक कुरा चम्किला, सफा, उज्याला र सुन्दर लाग्छन्’ भन्ने फिल्मी क्षेत्रको महँगो वाक्य कण्ठ भयो।

सरुभक्तको ‘बाङ्गाटिङ्गा धर्साहरू’ पढेँ।पुस्तक पढिसकेपछि मलाई कहिलेकाहीँ बाङ्गाटिङ्गा कुराहरू पनि साँच्चिकै राम्रा अनि मिठा हुन्छन् भन्ने कुरा यसभित्र लेखिएको, ‘मुस्कान मैत्रीको सेतु हो’, ‘लेखकहरू मुड पर्खिँदैनन्, बनाउँदछन्’ भन्ने वाक्यले सिकायोयस्तै कुनै मोडमा अज्ञात व्यक्तिहरूका साथसाथै साँच्चिकै वास्तविक व्यक्तिको यथार्थलाई पनि आधार बनाउँदा त्यसले एक खालको आनन्द महसुस गराउँदो रहेछ भन्ने कुरा सिकायो।कृष्ण धरावासीको ‘कागजको मान्छे’ पढेँ।‘लेखक र पाठकबिचको सेतुको रूपमा प्रकाशन हो’ भन्नेदेखि देखी लेखकको यस यात्रा वृत्तान्त समेटिएको पुस्तकले मलाई पनि साँच्चिकै मजाले युरोप घुमायो।

सरोजराज अधिकारीको ‘धम्बोसी’ पढेँ।यसले भौगोलिक स्थानहरूबारे अनि विभिन्न राजनीतिक लगायतका घटनाक्रमहरूको ज्ञान दिलायो। कृष्ण आचार्यको ‘अप्रिल फुल’ पढेँ।उजीर मगरको ‘अंश’ पढेँ।गोपाल खनालको ‘भूराजनीति’ पढेँ।बुद्धिसागरको ‘फिरफिरे’ अनि ‘कर्नाली ब्लुज’ पढेँ। किशोर नेपालको ‘मेरो समय’ पढेँ। झट्ट हेर्दा पुस्तक निकै ठुलो देखिए तापनि पढ्दै जाँदा छोटो नै लाग्यो। पूर्व मन्त्री रवीन्द्र श्रेष्ठको देश विदेशका कुरा, बोतलका कुरादेखि प्रेमका कुराहरू प्रस्तुत एक रोचक उपन्यास ‘उदास शनिवार’ पढे। अशोक सिलवालको ‘कलम’ पढेँ।कलम पुस्करलाल श्रेष्ठको रोमाञ्चक पत्रकारितामा आधारित चित्रात्मक शीर्षकसहित प्रस्तुत गरिएको छ। यस पुस्तकले पत्रकारिता क्षेत्रमाथि सूर्यको बिहानी किरणजस्तै प्रकाश पारेको छ। यी सबै पुस्तकहरूमा लेखकको दमदार प्रस्तुति जसले मलाई एक साँचो धरातलमा लेखिएको पुस्तकको महसुस गरायो अनि अन्य पाठकवृन्दहरुलाई गराउला पनि।यी सबै कृतिहरूले पाठकवर्गमा निकै मिठास ल्याउनेमा म विश्वस्त छु।

यस्तै नेपाल साप्ताहिकका संस्थापक सम्पादक विजय कुमारको ‘खुसी’ पढेँ।पुस्तकको शीर्षक ‘खुसी’ जस्तै मैले स-साना कुराहरूमा खुसी हुन सिके।‘प्रसव वेदना’देखि ‘पहिलो पेग’ हुँदै ‘खुसी’ च्याप्टरसम्मका निकै स्वादिलो चेप्टरहरुले मलाई कुनै व्यक्तिको जीवनका साँच्चिकै रमाइला खुसीहरू कता लुकेका हुन्छन् भन्ने कुरा सिकायो।अपेक्षारहित रूपले दिने भावना र क्रियाको नाम ‘प्रेम’ हो भन्ने प्रेमको परिभाषा सिकायो। वास्तवमा कुनै पनि व्यक्तिलाई खुसीको खोजीले धेरै समयको लागि प्रयासरत बनाउँदो रहेछ। एक समय जतिबेला हामीले उक्त निश्चित लक्ष्य प्राप्त गर्छौँ जसले हामीलाई निकै ठुलो खुसीको महसुस गराउँदछ, लगत्तै हामीले अर्को खुसीलाई पछ्याइरहेका हुन्छौँ।उसले यो पनि सिकायो कि, हामी हाम्रो जीवनका अद्भुत पक्षहरू जुन आफूलाई चाहेको कुराको प्राप्तिमा अर्थात् (धन, प्रसिद्धि, स्थिति, शक्ति) हामीलाई निकै आनन्द प्रतिबिम्बित हुन्छन् अनि चाहेको कुरा प्राप्त हुन नसक्दा हाम्रो नियन्त्रण गुम्न जान्छ अर्थात् हामीलाई राम्रा आनन्दहरूबाट निकै टाढा राख्दछ। यसो भइरहँदा हामीले हाम्रो खुसीलाई केही घटनाहरूको परिणाममा निर्भर नगरी स-साना कुराहरूमा खुसी हुन सक्नुपर्ने हुन्छ।किनकि स-साना चिजहरूको लागि कृतज्ञ हुनु भनेको बाह्य परिस्थितिको नतिजामा कम निर्भर हुनु हो। यो एक अनौठो सीप मलाई यो विजय कुमारको ‘खुसी’ले सिकायो।

यी र यस्तै अन्य विभिन्न पुस्तकहरूका नाम यस छोटो आलेखमा राख्न असमर्थ भए। यी सबै पुस्तकहरू लकडाउन अवधिभर मेरा साथी बने।यी साथीहरूको अध्ययन अनुभवको सार छोटकरीमा के रह्यो त भन्दा; मान्छे साँच्चिकै विवेकशील छ।ऊ जे, जस्तो, जति भएतापनि आफैमा व्यवस्थापक छ।अनि ज्ञाता छ।यो मानेमा कि ऊ आफ्ना असीमित आवश्यकताहरूलाई सीमित स्रोत साधनहरूको प्रयोग गरी हरसम्भव पुरा गर्न प्रयत्नशील रहन्छ।कहिलेकाहीँ ऊ आफ्नो परिवेश भन्दा निकै पर जान खोज्दो रहेछ।आफूले नदेखेका दृश्य देख्न चाहँदो रहेछ, आफूले नसुनेका कुरा सुन्न मन पराउँदो रहेछ, नपाएको वस्तु तथा सेवा प्राप्त गर्न ऊ अग्रसर हुँदो रहेछ।अचानक कहिलेकाहीँ कोही असल मानिस उसको जीवनमा अनायासै ठोक्किन आउँदा रहेछन्। यिनीहरूमध्ये कुनै छोटो समयमा निकै आफ्नो जस्तो लाग्दा रहेछन्। अनि सकारात्मक र अलिअलि असल बन्न प्रेरित गर्दा रहेछन्। हो साँच्चिकै उनीहरूबाट सदैव सकारात्मक ऊर्जा प्राप्त हुँदो रहेछ। तर, सबैको लागि सबै कुरा सधैँ कहाँ सम्भव हुन्छ र ? किनकि, ब्रह्माण्ड रहस्य नै रहस्य भएको अनि निकै विशाल छ। त्यसैले तपाईँ हामी आफ्नो निश्चित लक्ष्य राखी हिँड्यौँ भने त्यही मार्ग हुँदै केही हदसम्म पर पुगिएला तर यदि असीमित आवश्यकता राख्दै गयौँ र व्यवस्थापन गर्न सकेनौँ भने एक दिन बुढो भइएला, थकित भइएला तर यो ब्रह्माण्डको विशालता अझै रहस्यमयी नै रहिरहनेछ।

एक छोटो टिप्पणी यहाँनेर प्रस्तुत गरे जुन यी तमाम लकडाउनका साथीहरू जसबाट मैले सिकेको कुरा धेरै छ जसको थोरै अंश मात्र पनि मभित्र सरे धेरै आभारी हुनेछु। लकडाउनका यी तमाम साथीहरूसँगै मेरो सबैभन्दा मुख्य साथी ‘चिया’ अनि मलाई सधैँ हेरिरहूँ लाग्ने, हेल्लो के छ खबर ? प्रश्नवाचक आवाजसहितको उसको तस्बिर जसलाई म निकै बेर घोरिएर हेरिरहन्छु मानौँ कि जाडो याममा चिसो पानीले नुहाउनुअघि करिब १० मिनेटसम्म त्यो चिसो बाल्टिनको पानी घुरेजस्तै।किनकि चिया अनि उसको त्यो प्रश्नवाचक आवाजसहितको तस्बिरले म कहिल्यै पनि अघाइन।